मेयरको घरमा प्रेसर कुकर बम

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति विदुर –९ स्थित मेयर सञ्जु पण्डितको घरमा प्रेस कुकर बम भेटिएको हो ।

नेकपा विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा मेयर पण्डितको घरमा बम भेट्टिएको हो । बम विप्लवका कार्यकर्ताले राखेको अुनमान गरिएको छ । बमका कारण मेयरको घर आसपासको क्षेत्र रातभर आतंकित बनेको थियो ।

बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको थियो । आजको बन्द सफल पार्न विप्लवका कार्यकर्ताले बम राखिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार