नेपालले तरकारीमा प्रतिवन्ध लगाएपछि भारतमा हङ्गामा

काठमाडौं । नेपाल सरकारले भारतबाट आउने तरकारी तथा फलफूल आयातमा रोक लगाएको विषय अहिले भारतीय मिडियाले प्राथमिकताका साथ छापेका छन् । नेपालले तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाएपछि नाकामा रोकिएका सयौं ट्रकहरुबारे भारतीय मिडियाले समाचार छापेका हुन् ।

भारतका छापा, अनलाईन र टेलिभिजनबाट प्रतिबन्धको विषयलाई प्राथमिकता साथ दिइएको छ । भारतीय मिडिया जि न्यूजले नेपालतर्फ जानलाई रोक लगाएपछि भारतीय व्यापारीले एकदमै सस्तोमा नाका बजारमा आफ्नो तरकारी तथा फलफूल बेच्न बाध्य भएको बताएको छ । उसले सयौं ट्रकहरु सामानसहित नाकामा अलपत्र परेको उल्लेख गरेको छ ।

त्यसैगरि भारतीय ट्रकहरु अलपत्र परेको विषयमा भास्कर दैनिक, जागरण, हिन्दुस्तान टाईम्सलगायतले समाचार छापेका छन् ।

सरकारले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा अत्याधिक विषादी प्रयोग भएको र मापदण्ड नपुर्याएको भन्दै आयातमा प्रतिबन्ध लगाएको छ ।

गत असार २ मा भन्सार विभागले परिपत्र नै गरेर निर्वाध रुपमा नेपाल भित्रिएका तरकारी तथा फलफूलमाथि रोक लगाउन निर्देशन गरेको थियो । विभागले क्वारेन्टाईन जाँचको प्रमाणपत्र नभएका तरकारी तथा फलफूल आयातमा पुरै रोक लगाउन निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार