परराष्ट्र नीतिका सम्बन्धमा सबैले समान दृष्टिकोण बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड

काठमाड । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा सिंगो मुलुकको दृष्टिकोण एउटै हुनुपर्नेमा जोड दिएका छन् । परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय कार्यक्रमको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले अब राजनीतिक कुटनीतिमा मात्र हैन आर्थिक कुटनीतिमा पनि ध्यान दिनु पर्ने बताए । “हाम्रो मुख्य उद्धेश्य देशलाई समृद्धिको बाटोेमा तिव्र गतिमा अघि बढाउने हो” उनले भने, “हाम्रो क्षमता सीप र प्रविधिलाई विकास तर्फ केन्द्रित गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माण,नेपाल एकिकरण र सार्वभौमसत्ताको रक्षाको लागि विगतमा योगदान गर्ने सबैलाई आफूले स्मरण गर्न चाहेको बताए । विगतमा भन्दा नेपालको छिमेक सम्बन्ध सङ्लिएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीेले नेपाल केही समय पछि परे पनि अब त्यो स्थिति धेरै दिन कायम नरहने बताए । “केही कारणले हामी केही समयपछि प(यौं तर अब त्यो स्थिति रहदैन । तिव्र गतिमा अघि बढ्ने राष्ट्रिय लक्ष्य हामीले तयार गरिसकेका छौं ” उनले भने, “गरिबी माथीको हाम्रो प्रहार तिव्र छ । नेपालमा गरिबी अब लामो समय टिक्न सक्दैन ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार