प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

काठमाडौं । संखुवासभामा प्रहरी र प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ ।

जिल्लाको सिलिचोङ गाउँपालिका १ ह्वाङलामा सोमबार बिहान साढे ९ बजेतिर गस्तीमा रहेका प्रहरी र विप्लवका कार्यकर्ता जम्काभेट हुँदा दुबैपक्षबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ । गोली हानाहानबाट कुनै क्षति भने नभएको बताइएको छ ।

शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तीमा रहेको १९ जनाको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फाइरिङ गरेको प्रहरीको भनाइ छ । विप्लवका कार्यकर्ताले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलाइएको प्रहरीको दावी छ ।

घटनाको थप विवरण आइसकेको छैन । प्रहरीका अनुसार अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार