आइफा अवार्ड नगर्न निर्देशन

काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय समितिले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा नगर्न सरकारलाई निर्देशन दिएको छ । आइफा अवार्ड गर्दा नेपाललाई आर्थिक भार धेरै पर्ने ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले ‘आइफा अवार्ड’ आयोजनाले नेपालको सांस्कृतिक स्वतन्त्रता र राष्ट्रियहितमा प्रतिकूल प्रभाव पार्ने समेत देखिएकाले त्यसलाई रोक्न निर्देशन दिएको हो ।

सांसदहरूले ‘आइफा अवार्ड’का लागि भारतीय पक्षले पठाएको प्रस्ताव मागसमेत गरे । तर, सो प्रस्ताव बैठकमा बाँड्न सरकारका प्रतिनिधिले आनाकानी गरे । तत्कालका लागि अवार्ड सम्बन्धित कार्यक्रम रोक्न निर्देशन दिनुका साथै आगामी बैठकमा यससम्बन्धित सम्पूर्ण जानकारी सरकारबाट माग्ने निर्णय समितिले गरेको छ ।

कार्यक्रममा भारतबाट ५ देखि ६ सयसम्म कलाकार आउने बताइएको थियो । अवार्ड कार्यक्रमको कुल खर्च झन्डै ७६ करोड रुपैयाँसम्म पुग्ने पूर्वानुमान छ ।

बिजक्राफ्टले सम्झौतापत्र संशोधन गरे मात्र नेपालमा कार्यक्रम गर्न दिन सकिने निरौलाको भनाइ छ । अहिलेको सम्झौतापत्रले नेपालको स्वतन्त्रता र स्वाधीनतामा पनि धक्का पुर्‍याउने समितिको ठहर छ ।

आगामी अगस्टको अन्तिम साता काठमाडौंमा आइफा अवार्ड गर्ने योजना छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौं महानगरपालिका सहआयोजक हुने गरी आइफा अवार्ड गर्ने तयारी छ ।

कार्यक्रमको कुल खर्च झन्डै ७६ करोड रुपैयाँसम्म पुग्ने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार