आइफा अवार्ड नेपालमा नहुने

काठमाडौं । इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड नेपालमा नहुने भएको छ । भारतीय चलचित्र उद्योग बलिउडको निजी कार्यक्रमको आयोजक सरकार बन्न लागेको भन्दै चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।

एउटा नीजि कम्पनीको कार्यक्रमको सम्पूर्ण खर्च सरकारले व्यहोर्न लागेको भन्दै जनस्तरबाटै सरकारको उक्त निर्णयको आलोचना भएको थियो ।

चौतर्फी विरोध पछि सरकार अवार्ड गर्ने आफ्नो निर्णयबाट पछि हटेको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले काठमाडौंमा आईफा अवार्ड नहुने लगभग पक्काकपक्की भएको जानकारी दिए ।

जोशीले आईफा अवार्ड नहुने लगभग निश्चित भएको बताए । उनले औपचारिक निर्णय हुन बाँकी रहेको उल्लेख गरे ।

संसद्को अन्तर्राष्ट्रिय समितिले मंगलबार सो आवार्ड कार्यक्रम नगर्न सरकारलाई निर्देशन दिएको थियो । सरकारले भने आवार्ड गर्ने निर्णय गर्दै तयारी समेत थालिसकेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार