नेकपामा आएर पिएचडीको सदुपयोग गर्न बाबुरामलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईलाई नेकपामा आएर बौद्धिकताको सदुपयोग गर्न आग्रह गरेका छन् ।

भट्टराई संयोजक रहेको समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई शुक्रवार नेकपामा प्रवेश गराउँदै प्रचण्डले डा. भट्टराईलाई पनि नेकपामा फर्कन आग्रह गरे । भट्टराईको बौद्धिकता कम्युनिष्ट पार्टी बाहिर काम नलाग्ने भन्दै प्रचण्डले नेकपामा फर्कन आग्रह गरेका हुन् ।

कम्युनिष्ट आन्दोलन बाहिर बाबुरामको बौद्धिकताले सकारात्मक परिणाम नल्याएको भन्दै प्रचण्डले भने,‘बाबुरामजीको पिएचडीले अन्त गएर कतै पनि सकारात्मक परिणाम दिएको देखिँदैन, कम्युनिस्ट आन्दोलनसँग जोडिएर मात्रै उहाँको बौद्धिकताको अर्थ हुने हो, जतिबेला कम्युनिस्ट पार्टीमा हुनुहुन्थ्यो, उहाँको धेरै ठूलो महत्व थियो, म उहाँ र सबै कम्युनिस्टलाई एकताबद्ध हुन आह्वान गर्छु,’ उनले भने।

प्रचण्डले बाबुरामको बौद्धिकताले कम्युनिष्ट आन्दोलन भित्र मात्रै अवसर पाउने बताए । ‘भट्टराई जीको बौद्धिकताको महत्व कम्युनिस्ट आन्दोलनसँग जोडिएर मात्र हुन्छ, त्यसैले म उहालाई नेकपामै फर्कन आग्रह गर्छु’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार