श्रीमतीले शारीरिक सम्पर्क गर्न नदिएको झोकमा युवकले काटे आफ्नै लिङ्ग

एजेन्सी । नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने सिद्धार्थनगरमा एक व्यक्तिले शारीरिक सम्पर्क गर्न अस्वीकार गर्ने श्रीमतीको हत्या गरेर आफ्नो यौनाङ्ग काटेका छन् । नेपालसंग सीमा जोडिएको सिद्धार्थनगरको पोखर गाउँका अनवारुल हसनले यौन सम्पर्क गर्न नमान्ने श्रीमतीको हत्या गरेर आफ्नो यौनाङ्ग काटेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अनवारुल हसनको गोरखपुरमा रहेको बाब राघव दास मेडिकल कलेजमा उपचार भैरहेको छ । गुजरातमा काम गर्ने हसन घर आएका थिए । अघिल्लो वर्ष विवाह गरेकी श्रीमतीले आफूसंग शारीरिक सम्पर्क गर्न नमानेपछि उनले २० वर्षीया श्रीमतीको हत्या गरेको र आफ्नो गोप्य अंग काटेको उत्तर प्रदेश पुलिसले जनाएको छ ।

घरमा रगतसहित हसनलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हसनले आफूले शारीरिक सम्पर्क गर्न नमानेकाले श्रीमतीको हत्या गरेको र आफ्नो गोप्य अंग पनि काटेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार