बागमती नदीको बगरमा १७ जना फसे, उद्धारको लागि रुखमा चढेर हारगुहार

रौतहट । रौतहट र सर्लाहीको बीचमा पर्ने बागमती नदीको बगरमा १७ जना फसेका छन् । गाइबस्तु चराउन गएका उनीहरु अविरल वर्षापछिको बाढीले फसेका हुन् ।

त्यस्तै बागमतीमा एक जना वेपत्ता भएका छन् । उनीहरु रुखमा चढेर उद्धारको लागि हारगुहार मागिरहेका छन् ।

गढीमाइ नगरपालिका–६ पकहाबखरी टोलका ४० वर्षीया दुलारी देवी वेपत्ता भएकी हुन् । वृद्धावन नगरपालिका–१ बलेरीखोरस्थित बागमती नदी फसेकालाई उद्धारको लागि लिखित पत्र पठाएर सेनाको हेलिकप्टर मगाइएको बताइएको छ।

पकहाबखरी टोलमा २ सय घर परिवारको बसोबास रहेको छ। उक्त घरहरु डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार