लगातारको वर्षाले देशभर डुवान र पहिरो, काठमाडौँमै तीन जनाको मृत्यु

काठमाडौं । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको पहिरोले काठमाडौंमै ३ जनाको ज्यान लिएको छ । काठमाडौंको मुलपानीस्थित बाबा चोकमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा परि मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् । महानगरी प्रहरी परिसरले घटनाको पुष्टि गरेको छ ।

स्थानीय बलराम खत्रीको पक्की घरको पर्खाल भत्किँदा यादव परिवार बस्ने टहरा पुरेको थियो । प्रहरीका अनुसार टहराभित्र बसेका यादवको परिवारको घटनास्थलमै मृत्यु भएको हो ।

यसैबीच, काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेका छन् । काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

लगातार परेको वर्षाले उपत्यकालगायत देशभरिका विभिन्न ठाउँ डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार