विद्यार्थी स‌ंगठनकाे आन्दोलनले घट्यो यातायात भाडा

रसुवा । यातायात व्यवसायी र आन्दोलनरत विद्यार्थी संगठनबीच ३ बुदे सहमती भएको छ।

यातायात व्यवस्थापनको क्षेत्रमा रहेका विविध समस्याको समाधानको लागि तत्काल प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

सार्वजनिक यातायातका सवारी साधनमा नेपाल सरकारको प्रचलित नियम अनुसार विद्यार्थी, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई दिने छुट र सहुलियतलाई पूर्ण कार्यान्वयन गरिनेछ। छुट सहुलियतका लागि सम्बन्धित व्यक्तिले छोटो दूरीमा कार्ड र लामो दूरीमा परिचयपत्रको प्रतिलिपिसमेत पेस गर्नुपर्ने सहमति भएको दीपक पौडेलले बताए।

सार्वजनिक यातायातका साधनले अतिरिक्त सेवाको रूपमा सेवा लिँदै आएपनि सेवा दिने गरेका छैनन्। यसको समाधानको लागि १५ दिनको समय सीमा तोकिएको छ। व्यवसायीले १५ दिनभित्र यात्रुलाई सुविधा वापत पानी दिनुपर्ने, टिभी, पंखा, वाइफाई, एसी लगायतका सामग्रीको व्यवस्था गर्ने तथा बिग्रिएको भए मर्मत गर्नुपर्ने अनेरास्ववियू प्रतिनिधि अर्जुन पौडेलले बताए।

रसुवा जिल्लामा सन्चालित यातायात कम्पनिले हाल कायम भएको भाडादरमा काठमाडौ देखि कालिकास्थान सम्म हाल कायम भएको भाडादरमा १५% र अन्यत्र धुन्चे, स्यफ्रुबेशी, चिलिमे लगायतका गन्तब्यमा ५% भाडा घटाउने गरी सम्झौता भएको छ । सम्झौता श्रावण १ गते देखि लागू हुनेछ ।

छलफलमा प्रमुख जिल्ला अधिकारी, अनुसन्धान अधिकृत र नागरिक समाजको रोहबरमा यातायात व्यावसायीको तर्फबाट धनबहादुर श्रेष्ठ, हरि प्रसाद न्यौपाने, ईश्वर श्रेष्ठ लगायतको सहभागी थियो ।  विद्यार्थी संगठनको तर्फबाट अर्जुन पौडेल, मेन्डोल्मा तामाङ, दिपक पौडेल ,सन्दिप पौडेल, सुशील नगरकोटी लगायत उपस्थित थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार