कर्मचारीको कार्यशैलीप्रति मन्त्री यादवको असन्तुष्टि

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कर्मचारीहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले कर्मचारीहरुले आफ्नो कार्यशैली नसच्याएसम्म मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनै नसकिने समेत बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३२ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले लिएको समृद्धिको राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई सचेत गराए । ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न कर्मचारीहरु प्रतिवद्ध हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री यादवले कर्मचारीहरुले शासक नभई जनताको सेवकको रुपमा काम गर्नुपर्ने पनि बताए । नेता र कर्मचारीले शासक र प्रशासकको रुपमा काम गर्ने गरेकाले जनताले आफ्नो सेवा पाउन नसकेको मन्त्री यादवको स्वीकारोक्ति छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार