यातायात व्यवस्था प्राधिकरण गठनको तयारीमा सरकार

काठमाड । सरकारले यातायात व्यवस्था प्राधिकरण गठन गर्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्न लागिएको जानकारी दिए ।

उनले त्यसका लागि विधेयक तयार भएको र आगामी हप्ता सो विधेयक संसदमा पेस गर्ने पनि बताए । शुक्रबार काठमाडौंमा कम्पनीमा रुपान्तरित यातायात व्यवसायीहरूको सेवाको शुभारम्भ गर्दै उनले यातायात व्यवसायीहरूकै परामर्शमा सो प्राधिकरण गठन गर्न लागिएको पनि स्पष्ट पारे ।

मन्त्री महासेठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागिपरेको पनि बताए । तर, त्यसका लागि यातायात व्यवसायीहरूले सरकारलाई सक्दो सहयोग गर्नुपर्ने पनि मन्त्री महासेठको भनाइ छ । नागरिक दैनिक

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार