नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । केहीँ सातायता सुनको मूल्यमा अत्यधिक वृद्धि भएको छ। सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा छ । बजारमा सुन खरिद गर्न आउने भन्दा बिक्री गर्न आउनेको भिड देखिन्छ। प्रतितोला सुनको भाउ ७१ हजार पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्षयताकै उच्च विन्दुमा पुगेको हो । अमेरिका र चीनबीचको व्यापारमा भइरहेको विवाद साम्य नभएपछि त्यसको प्रत्यक्ष असर सुनको कारोवारमा परेको छ । चीनबाट निर्यात हुने बस्तुमा अमेरिकाले भन्सार दर बढाएसँगै दुई शक्ति राष्ट्रबीच बढेको चिसोपनका कारण लगानीकर्ता सुन किनबेचमा झुम्मिँदा मूल्य ह्वात्तै बढेको हो ।

चीनबाट आयात हुने बस्तुमा भन्सार महुसुल बढाउने निर्णय अमेरिकाले गरेलगत्तै चीनले पनि अमेरिकी उत्पादनको आयातमा कडाइ गरेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुनको मूल्यवृद्धि हुनुमा अमेरिका र चीनबीच बढेको व्यापार विवाद प्रमुख कारण हो ।

सुनको मूल्य अकासिँदा त्यसको मार विपन्न राष्ट्रमा बढी पर्ने गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार