रविविरुद्ध कारवाही प्रक्रिया सुरु

काठमाडौं । चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएको छ । गत २० गते चितवनको एक होटलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो ।

बुधबार पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा प्रहरीले रविविरुद्ध अनुसन्धान थालिने र आवश्यक कारवाही प्रक्रिया अघि बढाइने बताएको हो ।

पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक पत्रकार पुडासैनीले भिडियोमा रवि, दीपक बोहोरा र ओखलढुंगाकी युवती अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको कुरा भिडियोमा बोलेका छन् ।

प्रहरीकाअनुसार ल्याव परीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला  रविसहित तीनजनाविरुद्ध कारवाही थालिएको प्रहरीले बताएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार