ग्लोबल आइएमई दोस्रो राष्ट्रिय फोटोपत्रकारीता अवार्ड हुँदै

ग्लोबल आइएमई दोस्रो राष्ट्रिय फोटोपत्रकारीता अवार्ड हुँदै


नया प्रबाह
2.3k
Shares

काठमाडौँ । राष्टिय फोटोपत्रकार समुहद्धारा आयोजना गरिने राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को लागि मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम ‘ग्लोबल आइएमई राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४’ हुने छ ।

साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि ग्लोबल आइएमई वैकको नामवाट वितरण गरिने छ । लाइफ टाइम अचिभमेन्ट अवार्डवाट एकजना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजारसहित ट्रफी र सम्मानपत्रले सम्मानीत गरिने आयोजकले जनाएको छ ।  नेपाल आर्मी क्लवको हलमा आगामी बैशाख १३ गते विषेश कार्यक्रम गरि बिभिन्न १२ विधाका अवार्ड वितरण गरिने आयोजक सस्थाका संयोजक प्रदीपराज वन्तले जानकारी दिए ।

मंगलबार एक कार्यक्रकाबीच औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदिपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट प्रमुख वजार व्ययस्थापक गणेश अवस्थी विच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार