नाट्टा निर्वाचन : कार्यसमिति सदस्यमा दिनेश घिमिरेको उम्मेदवारी, जिस्वा तुलाधार टिमका छन यस्ता छन् प्रतिबद्धता

नाट्टा निर्वाचन : कार्यसमिति सदस्यमा दिनेश घिमिरेको उम्मेदवारी, जिस्वा तुलाधार टिमका छन यस्ता छन् प्रतिबद्धता


नया प्रबाह
923
Shares

काठमाडौं — यहि साउन २९ गते हुने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) निर्वाचनमा पर्यटन व्यवसायी दिनेश घिमिरेले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनले जिस्वा तुलाधार नेतृत्वको टिमबाट आफ्नो मनोनयन दर्ता गराउँदै प्रतिस्पर्धामा उत्रिएका हुन्।

घिमिरेले आफ्नो उम्मेदवारीमार्फत नाट्टाभित्र यो टिमले नयाँ ऊर्जासहित प्रविधिमैत्री सोच र व्यवहारिक रणनीतिहरू भित्र्याउने लक्ष्य लिएको बताएका छन्। पर्यटन क्षेत्रले पछिल्लो समय भोग्दै आएका विविध चुनौतीहरूको सामना गर्न सामूहिक सहकार्य आवश्यक रहेको उनको धारणा छ।

उनी भन्छन् , “पर्यटन क्षेत्रलाई समयअनुकूल ढंगले अघि बढाउन नयाँ प्रविधि, सशक्त योजना र एकताबद्ध प्रयास अनिवार्य छ। हाम्रो टिम यही उद्देश्यका साथ अगाडि बढिरहेको छ।”

घिमिरे लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले व्यवसायिक अनुभवसँगै संस्थागत सुधार र सदस्यहरूको हितका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

घिमिरेले जिस्वा तुलाधारको नेतृत्वलाई कुशल र परिणाममुखी काम गर्न सक्ने टिम भन्दै सम्पूर्ण सदस्यहरूलाई आफ्नो टिमलाई समर्थन गर्न आग्रह गरेका छन्। साथै, उनले सहकर्मी तथा पर्यटन व्यवसायीहरूलाई पनि आफ्नो टिमको पक्षमा मतदान गर्न प्रेरित गरिदिन अनुरोध गरेका छन्।

नाट्टाको नयाँ नेतृत्व चयनका लागि हुने यस निर्वाचनलाई पर्यटन क्षेत्रको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

यस्तो छ जिस्वा तुलाधार नेतृत्वको टिमको १२ बुँदे प्रतिबद्धता :

 

 

१. अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा डिजिटल बजारीकरण: नेपालका नयाँ तथा उदीयमान गन्तव्यको प्रवर्द्धन, डिजिटल ब्राण्डिङ, AI प्रविधि प्रयोग र B2B प्लेटफर्ममार्फत सदस्य एजेन्सीहरूलाई बजारमा पहुँच।

 

२. नीतिगत तथा कानुनी सुधार: पर्यटन ऐन, बैंक ग्यारेन्टी र मौद्रिक नीतिमा सुधार ल्याउन नेपाल राष्ट्र बैंक तथा मन्त्रालयसँग सशक्त लबिङ।

 

३. नयाँ उद्यमी तथा साना व्यवसायीलाई प्रोत्साहन: दर्ता, नवीकरण र इजाजत प्रक्रियालाई सहज बनाउन ‘Single Window System’ र ‘NATTA Help Desk’ स्थापना; महिला तथा युवा उद्यमीका लागि विशेष सुविधा।

 

४. व्यवसाय संरक्षण तथा राहत हस्तक्षेप: संकट/महामारीमा पर्यटन व्यवसाय संरक्षण, भिसा प्रक्रिया र पेमेन्ट गेटवे सहज बनाउन पहल। ५. आउटबाउन्ड पर्यटनको आधिकारिक मान्यता: आउटबाउन्ड एजेन्सीलाई आधिकारिक मान्यता र सहजीकरण।

 

६. भविष्यका पर्यटन विधाको प्रवर्द्धन: मोन्टेनरिङ, एग्रो, वेलनेस, एडभेन्चर र हाइ-भ्यालु (High-Value) पर्यटनमा विशेष जोड।

 

७. क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरण: ‘NATTA Academy’ मार्फत प्राविधिक र डिजिटल तालिम सञ्चालन।

 

८. संस्थागत पारदर्शिता तथा सदस्य कल्याण: पारदर्शी वित्तीय प्रणाली र सदस्य कल्याणकारी कोष स्थापना।

 

९. प्रादेशिक विकास तथा हवाई सञ्जाल सुदृढीकरण: प्रादेशिक NATTA च्याप्टर सुदृढीकरण र हवाई सञ्जाल विस्तार।

 

१०. समावेशी नेतृत्व तथा दिगो पर्यटन: महिला, युवा र साना व्यवसायीको समान सहभागिता र दिगो पर्यटन अवधारणा।

 

११. सबल संस्था, व्यवस्थित व्यवसाय, उज्ज्वल पर्यटन भविष्य: नाट्टालाई थप उत्तरदायी, आधुनिक र प्रभावकारी संस्थाका रूपमा विकास।

 

१२. IATA तथा टिकटिङ सुधार: Capping Policy सुधार, ADM (Agency Debit Memo) नियमन र ‘One Tax System’ लागू गर्न पहल।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार