अन्तर्राष्ट्रिय स्तरको युवा क्याम्प ‘इग्नाइट द स्पार्क २०२६’ नुवाकोटमा आयोजना हुने

अन्तर्राष्ट्रिय स्तरको युवा क्याम्प ‘इग्नाइट द स्पार्क २०२६’ नुवाकोटमा आयोजना हुने


नया प्रबाह
962
Shares

नुवाकोट —आगामी असार १२ र १३ गते, तदनुसार जुन २६ र २७, २०२६ मा अन्तर्राष्ट्रिय स्तरको युवा क्याम्प ‘इग्नाइट द स्पार्क २०२६’ नुवाकोटमा आयोजना हुने भएको छ । युवा नेतृत्व विकास, सांस्कृतिक आदान–प्रदान, अन्तर्राष्ट्रिय मित्रता तथा सामाजिक सेवामा युवाको सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले युथ क्याम्प आयोजना गर्न लागिएको हो।

लियो डिस्ट्रिक काउन्सिल ३२५के, नेपाल (Leo District Council 325K, Nepal) द्वारा आयोजित तथा लियो क्लब अफ काठमाडौं माच्छापोखरी ( Leo Club of Kathmandu Machhapokhari ) को आतिथ्यतामा सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय युवा क्याम्प निुवाकोटको बट्टार मा सम्पन्न हुने आयोजकले जनाएको छ।

क्याम्पमा नेपालका विभिन्न क्षेत्रका युवासहित सार्क राष्ट्र भारत, बंगलादेश, भुटान लगायत देशहरुबाट सहभागिता रहने आयोजकले बताएको छ। कार्यक्रमले युवा नेतृत्व विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, सांस्कृतिक आदान–प्रदान तथा सामाजिक सेवाप्रति युवाहरूलाई प्रेरित गर्ने लक्ष्य लिएको छ।

लियो क्लवका कार्यक्रम संयोजक सुप्रिम घिमिरेका अनुसार क्याम्प अवधिभर नेतृत्व विकास, युवा सशक्तीकरण, सार्वजनिक वक्तृत्वकला, नेटवर्किङ, सांस्कृतिक प्रस्तुति तथा विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिनेछन्। साथै विभिन्न क्षेत्रका युवा अगुवा, सामाजिक अभियन्ता, प्रशिक्षक तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको सहभागिता रहनेछ।

युवा पुस्ताभित्र रहेको सम्भावना, नेतृत्व क्षमता र सेवाको भावनालाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो “इग्नाइट द स्पार्क २०२६’ केवल एउटा क्याम्प मात्र नभई युवाहरूलाई नेतृत्व, अनुभव र अवसर प्रदान गर्ने अन्तर्राष्ट्रिय मञ्च हो। यस कार्यक्रमले विभिन्न देशका युवाहरूलाई एकै स्थानमा जोड्दै अनुभव आदान–प्रदान, मित्रता विस्तार तथा सामाजिक रूपान्तरणका लागि प्रेरित गर्ने विश्वास लिएका छौँ,” घिमिरेले भने।

आयोजक संस्था ले यस कार्यक्रमलाई युवा नेतृत्व, सांस्कृतिक आदान–प्रदान तथा सामाजिक प्रभाव सिर्जना गर्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा सफल बनाउन स्थानीय, सरकार पत्रकार, बुद्धिजीवी, युवा, सरोकारवाला निकाय तथा साझेदार संस्थाहरूलाई आम्त्रन्त्रित गर्दै सहकार्य र सहभागिताका लागि आग्रह गरेका छ।

‘Ignite The Spark Youth Camp 2026’ कार्यक्रमको मिडिया पार्टनर नयाँ प्रवाह डट कम https://nayaprabaha.com रहेको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार