काठमाडौँमै पुगेर नागरिकलाई सेवा दिँदै नौकुण्ड गाउँपालिका: ३ दिने एकीकृत घुम्ती शिविर सञ्चालन हुँने

काठमाडौँमै पुगेर नागरिकलाई सेवा दिँदै नौकुण्ड गाउँपालिका: ३ दिने एकीकृत घुम्ती शिविर सञ्चालन हुँने


नया प्रबाह
910
Shares

रसुवा / नौकुण्ड- नौकुण्ड गाउँपालिकाले काठमाडौंमा एकीकृत घुम्ती सेवा शिविर’ सञ्चालन गर्ने भएको छ। रसुवाबाट उपत्यकामा गइ बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई लक्षित गर्दै काठमाडौँमै ‘एकीकृत घुम्ती सेवा शिविर’ सञ्चालन गर्ने गरेको छ। शिविरमा वडा र पालिकबाट प्रदान गरिने सेवाहरु सामाजिक सुरक्षा भत्ता नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण, घटना दर्ता लगायतका प्रशासनिक सेवाहरू अस्थायी बसोबास स्थल/ कर्मथलोमै पुर्याउने उद्देश्यले गाउँपालिकाले यो शिविर आयोजना गर्न लागेको हो।

गाउँपालिकाले प्रकाशित गरेको सूचना अनुसार शिविर यही साउन २९ गतेदेखि साउन ३१ गतेसम्म (३ दिन) काठमाडौँको बालाजुस्थित नागार्जुन इभेन्ट म्यानेजमेन्ट एण्ड पार्टी प्यालेसमा सञ्चालन हुनेछ। शिविर दैनिक बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सञ्चालन हुने जनाइएको छ।

सामाजिक सुरक्षा भत्ताका लागि जैविक पहिचान (Biometric) अनिवार्य

आर्थिक वर्ष २०८३/८४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम (९) बमोजिम २०८३ असोज मसान्तसम्म जैविक पहिचान (बायोमेट्रिक – Finger Print/Iris Device) गराई परिचयपत्र नवीकरण गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। सोही कार्यलाई सहज बनाउन र काठमाडौँमा रहेका नागरिकहरूलाई गाउँपालिकासम्म धाउनुपर्ने बाध्यता हटाउन यो एकीकृत शिविर आयोजना गरिएको हो।

शिविरबाट प्रदान गरिने सेवाहरू र आवश्यक कागजातहरू:

१. राष्ट्रिय परिचयपत्र वितरण:

नेपाली नागरिकताको प्रमाण-पत्रको सक्कल प्रति

आवेदन फाराम प्रति

२. सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण:

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र / आमा/बाबुको नागरिकताको प्रतिलिपि)

राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर (NIN)

बैंक खाताको विवरण/पासबुकको प्रतिलिपि

विधवा / एकल महिलाको हकमा: पतिको मृत्यु दर्ता प्रमाणपत्र, पुनःविवाह नगरेको स्व-घोषणा वा सिफारिस पत्र, सम्बन्ध विच्छेद भएको भए सोको कागजात

पूर्ण अपाङ्ग, अशक्त वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा: हेरचाह गर्ने संरक्षक/इच्छाएको व्यक्तिको नागरिकता र राष्ट्रिय परिचयपत्र

३. घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाइसराइ तथा सम्बन्धविच्छेद आदि):

नेपाली नागरिकताको प्रमाण-पत्रको सक्कल प्रति

जन्म दर्ता: अस्पतालको जन्म प्रमाणपत्र वा खोप कार्ड

विवाह दर्ता: पति-पत्नीको नेपाली नागरिकताको प्रमाण-पत्रको सक्कल प्रति र हालसालै खिचिएको पासपोर्ट साइजको २/२ प्रति फोटो

सम्बन्धविच्छेद दर्ता: अदालतको फैसलाको प्रति

४. वडा कार्यालयबाट प्रदान गरिने सिफारिसहरू (नयाँ नागरिकता/प्रतिलिपि तथा अन्य):

जन्म दर्ता प्रमाणपत्र, बाबु र आमाको नागरिकताको प्रतिलिपि

हालै खिचेको दुवै कान प्रष्ट देखिने पासपोर्ट साइजको फोटो (२ देखि ५ प्रति)

विवाहित महिलाको हकमा: विवाह दर्ता र पति तथा माइती पक्ष (बाबु/आमा) को नागरिकताको प्रतिलिपि

नागरिकता प्रतिलिपिका लागि: पुरानो नागरिकताको प्रतिलिपि वा नम्बर खुलेको प्रमाण

५. व्यवसाय दर्ता / नवीकरण तथा खारेज:

व्यवसाय दर्ता गरेको प्रमाणपत्र

गत आर्थिक वर्षको कर चुक्ता प्रमाण-पत्र

सम्झौता पत्र र बहाल कर तिरेको रसिद (भाडामा भए)

चालु आ.व. सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरेको रसिद

नौकुण्ड गाउँपालिकाको स्थायी ठेगाना भई हाल काठमाडौँ उपत्यकामा बसोबास गरिरहेका सम्पूर्ण नागरिकहरूलाई आवश्यक कागजातसहित उपस्थित भई शिविरबाट सेवा लिन गाउँ कार्यपालिकाको कार्यालय (सरमथली, रसुवा) ले अनुरोध गरेको छ।

थप जानकारीका लागि सम्पर्क:

फोन/सम्पर्क नम्बर: ९८५१४३०२३३

ईमेल: info@naukundamun.gov.np

वेबसाइट: https://naukundamun.gov.np/

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार