नौकुण्ड रसुवा- घटना २०८२ साउन २८ गरेको हो। विद्यालयबाट घर फर्कँदै गरेका बालक खोलाले बगाएको छ। नौ कुण्ड ६ बेताङ मिल्कि स्थायी ठेगाना भएका हाल कप्थलिटार बासोबास गर्ने ६ बर्षका बालक मङ्से खोलाले बगाउँदा बेपत्ता भएका छन्।
मिङमार लोप्चन र सरिता घिसिङका कान्छा छोरा मुस्कान लोप्चन, बागेश्वरी माध्यमिक विद्यालय भोर्लेमा अध्ययनरत थिए, विद्यालय बिदा भएर आमा सरिता घिसिङसँगै घर फर्किंदै गर्दा खोलाले बगाएको हो। मुस्कान लोप्चनको हालसम्म अवस्था अज्ञात रहेको र लास फेला नपरेको परिवार स्रोतले जनाएको छ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य जारी रहेको छ। खोलामा पानीको बहाव उच्च रहेकाले उद्धारमा कठिनाइ भइरहेको बताइएको छ।
यस घटनाले स्थानीय क्षेत्रमा शोकको छाँया फैलिएको छ।













