गाँजा फडानी तथा नष्ट गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालय रसुवाको सक्रियता बढ्दै 

गाँजा फडानी तथा नष्ट गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालय रसुवाको सक्रियता बढ्दै 


नया प्रबाह
884
Shares

रसुवा – जिल्ला प्रहरी कार्यालय रसुवाले गाँजा फडानी कार्यलाई जिल्लाभरि अभियानको रुपमा सञ्चालन गरेको छ।

मिति २०८३।०३।११ गते यस जिल्ला प्रहरी कार्यालय रसुवा मातहत प्रहरी इकाईहरुबाट खटिएको प्रहरी टोलीले जिल्ला रसुवा कालिका गा.पा.वडा नं.३ कटुन्जे, गोसाईकुण्ड गा.पा.वडा नं.२ टिमुरे,गोसाईकुण्ड गा.पा.वडा नं.१ थुमन, नौकुण्ड गा.पा.वडा नं.३ पारच्याङ, उत्तरगया गा.पा.वडा नं.५ बेत्रावती, उत्तरगया गा.पा.वडा नं.१ मैलुङ लगायतका सार्वजनिक स्थानहरुमा उम्रिएको अं. ३ रोपनि क्षेत्रफल जग्गामा अं. १११९ गाँजाको बोटहरु फडानी तथा नष्ट गरिएको हो।

प्रहरी कार्यालयका अनुसार जिल्लामा व्यावसायिक हिसाबले खेती नगरिएता पनि खुल्ला र सार्वजनिक स्थानहरूमा व्यापक मात्रामा गाँजा प्राकृतिक हिसाबले मौलाउने गरेको पाइएको छ। कार्यालयले विभिन्न समयमा गाँजा र गाँजाजन्य लागू पदार्थ हरू बरामद गर्ने गरेको छ। अनुसन्धानले ती लागु पदार्थहरूको स्रोत तिनै वनपाखामा र सार्वजनिक स्थानहरूमा हुर्किएका गाँजा रहेको तथ्य फेला परेपछि जिल्ला प्रहरी कार्यालयले फडानी तथा नष्ट अभिनयमा तदारुक्ता देखाएको हो।

एक सर्वेका अनुसार गाँजा जन्य लागू पदार्थ हरूको सेवन विशेषगरी रसुवा बाहिरबाट आएका विभिन्न पेशा व्यवसायमा संलग्न मजदुरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूले बढी उपभोग गर्ने गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार