रसुवा- रसुवा र नुवाकोटको सिमाना बेत्रावतीस्थित फलाखुखोलामा एक्रो ब्रिज निर्माण सम्पन्न भएसँगै रसुवाको सडक सम्पर्क पुनःस्थापित भएको छ।
त्रिशुली नदिमा आएको बाढीका कारण रसुवामा यातायात निकै कठिन भएको थियो। रसुवा र नुवाकाेटकाे सिमाना फलाखुखाेलामा ब्रिज निर्माण भएसंगै रसुवाकाे सम्बन्ध अब राष्ट्रिय सडक सञ्जाल संग पुनः जाेडिएकाे छ।
गत भदाै१० गते भाेटेकाेसीमा आएकाे बाढीले बेत्रावतीकाे फलाखु खाेलामा रहेकाे २ वटा पक्कीपुल वगाए संगै रसुवाको यातायात निकै कठिन भएको थियो।
नव निर्मित एक्रो व्रिजकाे नुवाकाेटका प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद रेग्मी र रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले संयुक्त रुपमा उदघाटन गरेका थिए। नेपाली सेनाका उपरथी अनुपजंङ्ग थापाले गल्छी- रसुवागढी सडक सुधार आयाेजनाका प्रमुख कृष्णनाथ ओझालाई हस्तान्तरण गर्नु भएकाे थियाे ।
एक्रो ब्रिज को भार बहन क्षमता ६० टन भएपनी हाललाई ४० टन भार मात्र पारबहन अनुमति दिइएको छभने पुल ७४ मिटर लामाे रहेको छ ।
अबको चरणमा स्याफ्रु बेसिमा पुल राख्न द्रुत गतिमा तयारी गरिएको नेपाली सेनाले जनाएको छ ।













