नेपाली वजारमा सुनको भाउ पाँच वर्षयताकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य पाँच वर्षयताकै उच्च भएको छ ।

बिहिबार सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । एकै दिन तोलामा ६ सय रुपैयाँ बृद्वि भएर छापावालसुनको मुल्य पाँच वर्षयताकै उच्च भएको हो ।

अमेरिकी अर्थतन्त्र खस्किंदै जानु, अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानु लगायतका कारणले सुनको मुल्य उच्च भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार