सुनचांदीको बजार मुल्य ह्वातै बढ्यो , हेर्नुस बजारभाउ !

काठमाडौं । साताको पहिलो दिन आज आईतवार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
शुक्रबार सुन प्रति तोला ६२ हजार १ सयमा कारोबार भएको थियो भने आज सुन प्रति तोला ६२ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रति तोला ७७५ रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार