दुबईमा बादललाई विद्युतीय झट्का दिएर कृतिम वर्षा गराइयो

दुबईमा बादललाई विद्युतीय झट्का दिएर कृतिम वर्षा गराइयो


नया प्रबाह
4.4k
Shares

काठमाडौ। गर्मीले मानिसहरु बेहाल भएपछि दुबई शहरमा कृतिम वर्षा गराइएको छ । त्यहाँको मौसम विभागका अनुसार आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराइएको हो ।

दुबईमा तापक्रम ५० डिग्री पुगेको कारण जनजीवन प्रभावित बनेको छ। गर्मीका कारण मानिस र पशुपंक्षीहरुको मृत्यु भइरहेको छ । यसबाट बच्नका लागि कृतिम वर्षा गराएको हो ।

दुबईस्थित रिडिङ विश्वविद्यालयका विज्ञहरू यसरी वर्षा गराउन विभागलाई सहयोग गर्दै आएका छन् । मौसम विभागका अनुसार ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्जमार्फत् झट्का दिएर वर्षा गराइएको हो ।

‘क्लाउ सिडिङ’ नामक प्रविधिमार्फत् झट्का दिँदा बादलमा घर्षण पैदा भएर पानी पर्ने विभागले जनाएको छ ।

कार्यक्रमका निर्देशक अल्या अल- मजरोवीले भने, ‘विद्युतीय चार्ज उत्सर्जन उपकरणहरू र अनुकूलित सेन्सरहरूको पेलोडबाट सुसज्जित यी ड्रोनहरू कम उचाइमा उडान गर्छन् र वायु अणुहरुलाई एक विद्युत चार्जबाट घर्षण दिन्छ, अनि पानी पर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार