रसुवागढी हाइड्रोपावरको आईपीओमा अझै मागअनुसारको आवेदन परेन

रसुवागढी हाइड्रोपावरको आईपीओमा अझै मागअनुसारको आवेदन परेन


नया प्रबाह
4.3k
Shares

काठमाडौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले गतको असार १३ गतेबाट निष्कासन गरेको आईपीओमा अझै मागअनुसारको आवेदन परेको छैन। मागअनुसारको आवेदन नपरेपछि पुनः आवेदन दिने समय २१ दिन थप गरिएको छ। अब साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो। त्यसपछि साउन १० गतेसम्म समय कायम गरियो ।

कम्पनीको अनुसार मंगलबार साँझसम्म ३१ हजार ५९८ आवेदकले ५९ लाख ६० हजार ८७० कित्ताको लागि आवेदन दिएका छन्। आवदेकबाट ५९ करोड ६० लाख ८७ हजार रुपैयाँ संकलन भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ।

यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गरिरहेको छ। कम्पनीले गोसाइँकुण्ड गाउँपालिका-१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ, वडा नम्बर ५ चिलिमे, गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ।

निष्कासन गरिएको १० प्रतिशत सेयरमा अति प्रभावित, प्रभावित र सामान्यलाई क्रमशः ४.५:१.५:१ अनुपातमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। आईपीयोमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ।

कोरोना भाइरस (कोभिड-१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो। कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरेमा १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यसको ८३ प्रतिशत काम सकिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार