१ सय ९० विद्यार्थीका लागि जम्मा ४ जना शिक्षक, अनशन बस्ने वडाध्यक्षको घोषणा

१ सय ९० विद्यार्थीका लागि जम्मा ४ जना शिक्षक, अनशन बस्ने वडाध्यक्षको घोषणा


नया प्रबाह
4.3k
Shares

भदौ २० गते, रसुवा । जिल्लाको कालिका गाउँपालिकाको १ नम्बरका वडाध्यक्ष दावा तामाङले दुइदिन भित्र आफ्नो वडाको ग्रङ आधारभूत विद्यालयमा आवश्यक शिक्षक थप नगरे गाउँकार्यपालिकाको कार्यालयमा अनशन बस्ने घोषणा गरेको छ ।

१ सय ९० जनाभन्दा बढी विद्यार्थी रहेको ग्रङ आधारभूत विद्यालयमा  जम्मा चार जान मात्रै शिक्षक रहेको उनले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन् । र, सोहि विद्यालयमा कार्यरत शिक्षकलाई समेत अन्यत्र सरुवा गराइएको भन्दै अध्यक्ष तामाङले आफु वडाबासीको प्रतिनिधि भएकोले अनशन बस्न लागिएको बताएको छ ।

अध्यक्ष तामाङले आजको मितिदेखि दुइदिन भित्रमा आफ्नो माग सुनुवाई नभए अनशन बस्ने घोषणा गरेका हुन् ।

लामो समयदेखि अपुग शिक्षक व्यवस्थापनका लागि पालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासन अधिकृत, शिक्षा शाखा लगायतसँग समन्वय गर्दापनि आफ्नो मागलाई वेवास्ता गरिएको उनको बुझाई रहेको छ ।

साथै, उनले आफु कार्यपालिकामा अल्पमतमा रहेको र सोहि अनुसार व्यवहार गरिनुमा गुनासो नरहेको तर, शिक्षा जस्तो संवेदनशील विषयमा वेवास्ता गरेको प्रति उनको आपति रहेको जनाएको छ ।

कालिका गाउँकार्यपालिकामा अध्यक्ष तामाङ माओवादी केन्द्रको तर्फबाट निर्वाचित एकल वडाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार