भदौ २१ गते, काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ ।
जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत नवलपुरले मंगलबार सफाइ दिएको हो।
तर, बाल यौन दुरुपयोगको मुद्दामा भने उनी दोषी ठहर भएका छन्। उनलाई बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैदको फैसला भएको छ।
जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार सुनुवाइपछि २५ हजार रुपैयाँ जरिवानाको फैसला पनि गरेको छ।
यस्तै, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला भएको छ।
यस्तै, अभिभावक र मिडियालाई समेत यो मुद्दामा सचेत गराउने फैसला भएको छ।













