माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको मारमा स्थानीय

माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको मारमा स्थानीय


नया प्रबाह
3.4k
Shares

रसुवा, २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका कारण घरबारविहीन हुनुपरेको छ ।

रसुवाको उत्तरगया गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन २१६ मेगावाटको हाइड्रोपावरको कारण स्थानीय बासिन्दाहरु घरबारविहीन हुनुपरेको छ। आफूहरूसँग गरेको सम्झौता पालना नगरी आयोजनाले घरबारविहीन पारेको भन्दै उनीहरुले उजुरी गरेका छन् ।

अहिले आमाछोदिङ्मो गाउँपालिका– १, हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका– १ मा भूमिगत विद्युत्‌गृहलगायतका संरचनाहरू निर्माण भइरहेका छन् । यो आयोजनाबाट उत्तरगया गाउँपालिकाको वडा नम्बर १, मैलुग, गोगने र तिरु तथा आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर १, हाकुबेँसीका बासिन्दा सबैभन्दा धेरै प्रभावित भएका छन् । त्यसो त आयोजनाको ड्यामले गोसाइँकुण्ड गाउँपालिकालाई पनि प्रभावित गर्छ । कालिका गाउँपालिका– १ पनि प्रभावित क्षेत्रमा पर्छ ।

विद्युत्‌गृह भएको ठाउँ मैलुगमा १२ भन्दा बढी घरधुरी प्रभावित भएका छन् । त्यहाँ बस्नसमेत समस्या भएको छ । आयोजनाले त्यहाँ टनेल खनिरहेको छ । त्यहाँ टनेल खन्ने क्रममा विस्फोट गराइँदा घरहरू चर्केका छन् । तर पनि आयोजनाले कुनै वास्ता नगरेको स्थानीय तुल बहादुर तामाङले बताए । उनले भने, ‘आयोजना सुरु गर्दा स्थानीयलाई जागिर दिने, स्कुल बनाइदिने, सडक बनाइदिने भने । सडकबाहेक केही बनेन । पावर हाउसका लागि सुरुङ खन्ने क्रममा विस्फोट हुँदा हाम्रा घरहरू चर्केका छन् । घरको मर्मत गरिदिनू भनेर जाँदा हुन्छ गर्छौं भन्छन् तर अहिलेसम्म गरेको छैन । पानीका मुहान सुकेका छन् । घर चर्केका छन् । स्थानीयले जागिर पाएका छैनौँ ।’

सुरुङ खनेर गाउँबस्तीनजिक पुगेपछि बस्ती नै जोखिममा परेको स्थानीय कृष्ण बहादुर तामाङ बताउँछन् ।१७ चैतमा गोगनेमा पहिरो गयो । उक्त पहिरोका कारण बस्ती जोखिममा परेको भए पनि स्थानीय सरकार र आयोजनाका मानिसहरूले कुनै वास्ता नगरेको तामाङले दु:खेसो पोखे । हाइड्रोपावरले यती ठूलो दुख दिदाँ समेत जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला समन्वय जस्ता सरकारी निकायले वास्ता नगरेको पिडित तिलक तामाङ बताए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार