रसुवा, प्रथम लाङटाङ ट्रेल रन २०२५ सम्पन्न।
प्रथम लाङटाङ ट्रेल रहन २०२५ सम्पन्न भएको छ। रसुवा नुवाकोट पर्यटन समाज को ब्यानरमा गरिएको उक्त प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साहसिक पर्यटक भित्र्याउने र भूकम्पपछि लाङटाङ पुन पहिलेकै अवस्थामा ठडिएको सन्देश सम्प्रेषण गर्ने लक्ष्यसहित गरिएकाे हो।
प्रतियोगिता तीन हजार आठ सय ५० मिटरको उचाइमा रहेको क्याङजिङ गुम्वादेखि सुरु भई स्याफ्रुवेसिसम्म ३२ किलोमिटरकाे दूरीमा गरिएको थियो। दाैड मा पुरुष तर्फ सोलुखुम्बुका मिलन गुरुङ प्रथम भएका छन् भने महिला तर्फ नेपाल आर्मीकी सुनसरी रोकाय प्रथम भएकी छन् । प्रतियोगिताकाे उद्वघाटन क्याङजिङ गुम्वाबाट ९:३० वजे वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले गरेका थिए भने समापन बागमती प्रदेशक पुर्व उप सभामुख तथा बर्तमान बागमती प्रदेश सभा सदस्य राधिका तामाङले स्याफ्रुबेसीमा गरेका थिए।

प्रतियोगितामा पुरुष तर्फ प्रथम भएका सोलुखुम्बुका मिलन गुरुङले २:२६:४६ सेकेण्डमा दौड पुरा गरे भने द्वितीय पाँचथरका विशाल राई, तृतीय सोलुखुम्बुका अर्जुन कुलुङ राई, चौथो सशस्त्र प्रहरी बलका किरणसिंह बोगटी र पाँचौं नेपाल आर्मीका गोपाल तामाङ रहेका छन् । महिला तर्फ प्रथम हुनेमा नेपाल आर्मिका सुनसरी रोकाय २:५५:४३ सेकय दौड पार गरिन् भने नेपाल प्रहरीको लाक्पा निमा शेर्पा द्वितीय, निर्मला राई तृतीय, आङफुर्पा शेर्पा चाैथाे र पाँचौँ प्रिया राई रहेका छन्
महिला र पुरुष विधामा गरिएको प्रतियोगितामा क्रमश: प्रथम हुनेलाई १ लाख, दोस्रो ७५ हजार, तेस्रो ५० हजार, चौथो ३० हजार र पाँचौं लाइ १५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरी सम्मन गरिएको थियो।
प्रतियोगितामा स्वदेशी र विदेशीगरी १ सय १ जना को सहभागी रहेको थियाे जसमा ८६ जना पुरुष र १५ जना महिला हरूकाे सहभागिता रहेको थियाे । रसुवा नुवाकोट पर्यटन समाज काठमाडौ,संस्कृति तथा पर्यटन मन्त्रालय वाग्मती प्रदेश नेपाल,नेपाल टुरिजम वाेर्ड को मुख्य आयोजना र अन्य सराेकारवाला हरू को सहयाेगमा रनकाे
देशकै तेस्रो ठूलो पर्यटकीय गन्तव्य लाङटाङ क्षेत्रमा साहसिक पर्यटक भित्र्याउन, खेलकुद मार्फत लाङटाङ पुनः भूकम्प अगाडिको अवस्थामा ठडिएको म्यासेज अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएकाे रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । पर्यटन प्रर्वदनमा तपाईं हाम्राे उल्लेखनीय योगदान रहेकाले याे रन ले पनि महत्त्वपूर्ण भूमिका रहने जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले बताए ।’ रसुवा लगाएत नुवाकोटका धार्मिक, सांस्कृतिक कुराहरूलाई अगाडि ल्याउन याे रनले महत्त्वपूर्ण भूमिका खेल्ने’ कुरा समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै बागमती प्रदेश सभा सदस्य इन्द्रप्रसाद गोताेले बताइए।













