रसुवा, नेकपा एमाले रसुवाले सदस्यता नवीकरण गर्ने समयसिमा सकींदा पनी टुङ्ग्याउन सकेन नविकरण। जिल्ला इन्चार्जमा चारवटा पार्टी चहारी सकेका प्रेम तामाङ आए संगै रसुवा एमालेको विवाद सतहमा आइपुगेको छ । माओवादी पार्टीमा रहँदा दुश्मनी पुर्ण अन्तरसंघर्ष गर्दै इमान्दार नेता कार्यकर्ताहरुलाई अनेक भ्रम सिर्जना गरि नयाँशक्तिमा लगेका थिए। बाबुराम भट्टराई संग वसेर आर्थिक विभागको प्रमुख भई बिभिन्न अबसरको तर मारेका तामाङ माओवादी पृष्ठभूमिका कर्मठ कार्यकर्ता नेपाली कांग्रेसका मोहन आचार्यलाई जिम्मा लगाई सक्दा पनि नाफाको जिम्मेवारी वोकेर एमाले प्रवेश गरेका हुन। एमालेमा नेतृत्व पाए संगै पुरानै शैलीमा गुटको अभ्यास तलैसम्म गरे। भातृ संगठनको सम्मेलनमा एकले अर्को गुटलाई पाखा लगाउदै आएका छन । दुइपक्ष विच जिल्ला सचिवालयको वैठकमा अन्तरसंघर्षले दुश्मनीपुर्ण रुप लिएपछि संविधान सभा सदस्य तथा जिल्ला अध्यक्ष जनार्दन ढकालले एमाले परित्याग गरे । उनी तिनै जनार्दन ढकाल हुन जसले २०७० को निर्वाचनमा माओवादीवाट लडेका प्रेम तामाङलाई पराजित गरि एमालेलाई विजयी वनाएका थिए । उनको एमाले परित्यागले एमाले बृत्तमा भुकम्प गयो । त्यस लगत्तै जिल्ला सचिवालय सदस्य तथा कालिका गाउँपालिका अध्यक्ष सिता अधिकारी पौडेलले पार्टी परित्याग गरिन । सोही समयमा सामाजिक सञ्जालमा सामुहिक र ब्यक्तिगत रुपमा राजिनामा देखी चोक चोकमा रसुवामा अव एमाले सकियो भन्ने एमाले नेताहरु फेला पर्न थालका छन ।
एतिखेर नेकपा एमाले रसुवा पार्टी सदस्यता नविकरणको अभियानमा छ । तर विगतका कैयौं पार्टी सदस्यहरू सदस्यता नवीकरण गर्न हिचकिचाइरहेका छ्न । १५ प्रशिसत ले मात्र पैसा तिरी नवीकरण गरेका छन भने ८५ प्रतिशत नवीकरण नगर्ने पक्षमा रहेको पाइएको छ । भने कतिपय स्थानमा ठेक्कामा नविकरण भइरहेको छ ।
राष्ट्रिय राजनितिमा एक पछि अर्को भ्रष्ट्राचार, अनियमितता, र गुटवन्दीका कारण एमालेको घट्दो साख तथा रसुवा जिल्लाका एक पछि अर्को निरासा वढाउने घटनाक्रमका कारण अव एमालेमा आफ्नो भबिस्य नदेखेपछी अधिकाम्स माथिल्लो तहदेखी आधारभुत तहसम्म का नेता तथा कार्यकर्ता हरु पार्टी परित्याग गर्ने मनस्थितिमा पुगेका छन । तर पार्टीको साख जोगाउन के गर्ने भन्ने बारेमा प्रेम तामाङ पक्षीय नेताहरु र जिल्ला पदाधिकारी बिच छलफल चलिरहेको जानकारी प्राप्त भएको छ । नाम नबताउने सर्तमा एक प्रदेश सदस्यले भने “गाउँ पालिकामा निर्बाचित अध्यक्ष ,उपाध्यक्षहरु र उपभोक्ता समितिमा रहेकाहरुले एकमुष्ट रकम हालेर भएपनी नविकरण गरि नाक जोगाउन पर्छ भनेर प्रेम तामाङ जीले बैठ्कमै प्रस्ताव गरेका छन” नत्र आफू केन्द्रिय नेतृत्वबाट हट्नपर्ने हुन सक्छ सम्म भनेका छन । एमाले उपाध्यक्ष कैसाङ नुर्पु तामाङले आन्तरिक सुचना जारी गर्दै असार १५ सम्म जसरी पनि नविकरण केन्द्रमा पठाउन पर्ने भएकोले नविकरण गर्न भनेका छन । यो लेख। तयार पार्दासम्म एमाले ठुलो पङ्तीले नविकरण नगरेको वुझिएको छ ।
यता एमालेको पछिल्लो अन्तरसंघर्ष २१६ मेगावाट आयोजनाको आइ पि पि वोर्ड गठनमा छताछुल्ल भएको छ । प्रेम तामाङ पक्षले एमाले कार्यकर्ता मान वहादुर तामाङलाई अगाडी सारे संगै अर्को पक्ष एमालेहरु साङ्तेम्पा तामाङको कांग्रेसी टिममा सामेल भएका थिए । त्यसवाट अत्तालिएको पक्षले निर्वाचन आयोगलाई र सदस्यहरुलाई प्रलोभन तथा होटलमा थुनेर एकपक्षिय ढंगले समिति गठनको घोषणा गरेको छ । त्यसको विरुद्ध आई पि पि का कार्यवाहक अध्यक्ष एमाले नेता छेकु लामाले एक विज्ञप्ती जारी गर्दै अवैधानिक रुपमा गठन गरिएको समितिको वैठकमा नजान आग्रह गरेका छन् ।













