काठमाडाैँ ।सोमबार बजार ५१.८९ अंकले घटेर ११६८.५५ बिन्दुमा आइपुगेको छ । समग्रमा बजार ४.३१ प्रतिशतले घटेको छ । सोमबार बजार खुलेको १ घण्टा हुन नपाउँदै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लगाइयो । आइतबार अर्थमन्त्रीले विराटनगरमा बजारमा बुझेर मात्र लगानी गर्न भनेपछि लगानीकर्ताको मनोवल थप गिरेको हो ।
अर्थविद तथा पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले अहिलेकाे सेयर बजारको गिरावटमा ठूला लगानीकर्ताको हात रहेकाे सङ्केत गरेका छन् । बजार अझै घटे साना लगानीकर्ताको पनि सेयर किन्न पाइने सोच ठूला लगानीकर्तामा छ ।अहिलेको सेयर बजारले ठुला लगानीकर्ताको निहित स्वार्थ रहेको प्रष्ट्याउँछ ।
यस्तै इन्भेष्टर्स फोरम उपाध्यक्ष छोटेलाल रौनियारले प्रधानमन्त्री बन्नु भन्दा अघि सेयर बजारको पक्षमा बोलेका प्रधानमन्त्री अहिले बजार बारे मौन छन् । लगानीकर्ताले पटक–पटक भेट्न खोज्दा प्रधानमन्त्री र अर्थमन्त्री दुबै एउटा एउटा बहाना गरेर टारिरहेका छन् ।
यता राष्ट्र बैंक र बिमा समितिले पनि पुँजी बृद्धिका लागि कम्पनीहरुलाई कस्यो र हकप्रद खुला गरिदिएपछि सेयरको सप्लाई बढी भयो । तर, माग कम भयो जसले बजार ओरालो लागरिह्यो । अनुत्पादक नै भए बन्दै गरिदिए भाे बजार नत्र साना लगानीकर्ताका लागि बिजाेगको रमिते मात्र किन भन्ने अावाज साना लगानीकर्ताकाे समेत रहेकाे छ ।













