आक्रमणका घटना बढेपछि श्रीलंकामा संकटकाल घोषणा

कोलोम्बो। मस्जिद र मुसलमानका पसलमा श्रृंखलाबद्ध आक्रमण भएपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ।
श्रीलंकाको सरकारले संटककाल लगाउने निर्णय गरेकोे बीबीसीले जनाएको छ। हिंसा प्रभावित सहर क्याण्डीका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ,

बीबीसीका अनुसार बौद्ध धर्मलाई अपनाउँदै आएका सिंहला समुदायका मानिसले मुसलमानका पसलमा आक्रमण गरी आगजनी गरेका छन्। जलेको एक भवनबाट एक मुस्लिम व्यक्तिको शव फेला परेको थियो।

यो हप्तामा पहिला ट्राफिक रेड लाइटमा भएको झगडापछि मुस्लिम समुदायका केही व्यक्तिले बौद्ध धर्म मान्ने एक युवकलाई पिटेपछि तनाव सुरु भएको थियो। गत हप्ता श्रीलंकाको पूर्वी सहर अमपारामा मुस्लिम विरोधी हिंसा भएको थियो।

श्रीलंकामा २०१२ बाट नै साम्प्रदायिक तनावको स्थिति उत्पन्न भएको हो। एक कट्टरपन्थी बौद्ध संगठन ९बीबीएस० तनावलाई अगाडि बढाइरहेको छ। केही कट्टरपन्थी बौद्ध समूहले मुस्लिम समुदायमाथि जबरजस्ती धर्म परिवर्तन गराएको र बौद्ध मठलाई नोक्सान पुर्याएको आरोप लगाएका छन्।

विगत दुई महिनाभित्र मुसलमानको व्यापार कम्पनी र मस्जिदमाथि २० भन्दा धेरै आक्रमणका घटना भइसकेका छन्। २०१४ मा कट्टरपन्थी बौद्ध गुटले तीन मुसलमानको हत्या गरेका थिए। त्यसपछि हिंसा भड्किएको हो।

२०१३ मा कोलम्बोमा बौद्ध गुरुहरुको नेतृत्वमा भएको एक भीडले कपडा पसलमा आक्रमण गरेका थिए। सो कपडा पसल मुस्लिमको थियो र सो घटनामा कम्तिमा सात जना घाइते भएका थिए। श्रीलंकाको कुल जनसंख्या करिव दुई करोड दश लाख छ। त्यसमा ७० प्रतिशत बौद्ध र नौ प्रतिशत मुसलमान छन्।

२००९ मा सेनाले तमिल विद्रोहीलाई पराजित गरेपछि श्रीलंकाका मुस्लिम समुदाय शासन सत्ताबाट टाढा पुगेका छन्।
पछिल्ला वर्षमा मुस्लिम समुदाय विरुद्ध धर्मको नाममा हिंसााके घटना बढ्न थालेका छन्। सो हिंसाकालागि बौद्ध गुरुहरुलाई जिम्मेवार ठान्ने गरिएको छ।

बौद्ध धर्मलाई शान्ति र अहिंसाको प्रतीकको रुपमा हेर्ने गरिन्छ। अहिंसाको प्रति बौद्ध मान्यता उसलाई अन्य धर्मबाट अलग बनाउँछ। त्यसो हो भने मुसलमान विरुद्ध बौद्ध हिंसाको सहारा किन लिइरहेका छन्रु श्रीलंकामा मुलसमानलाई मुस्लिम परम्पराका अनुसार मांसहार वा घर पालुवा जनावरलाई मार्नु बौद्ध समुदायकालागि विवादको मुद्दा बनेको छ।

श्रीलंकामा कट्टरपन्थी बौद्ध समुदायले एक सेना पनि बनाएका छन्। जो सिंहली बौद्ध समुदायको राष्ट्रवादी संगठन पनि हो। यो संगठन मुसलमानका विरुद्ध जुलुस पनि निकाल्छ। मुलसमान विरुद्ध सिधा कारवाहीको चेनावी दिने सो संगठनले मुसलमानद्वारा संचालित कारोबारलाई बहिष्कार गर्न प्रेरित गर्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार