सैनिक शिविरमा तालिवानको हमला

सैनिक शिविरमा तालिवानको हमला


नया प्रबाह
3k
Shares

अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा भएको तालिवान आक्रमणमा कम्तीमा ४८ सुरक्षाकर्मीको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौँको संख्यामा रहेका तालिवान विद्रोहीले मंगलबार राति गरेको आक्रमणमा उनीहरू मारिएका हुन् ।

अफगानिस्तानको राजधानी काबुलबाट १६० किलोमिटर उत्तरमा रहेको सो प्रान्तमा विद्रोहीको हमलापछि भीषण झडप भएको प्रान्तीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

आक्रमणमा ३८ सैनिक र १० अफगान स्थानीय प्रहरी मारिएका सुरक्षा अधिकारीहरूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आक्रमणमा पाँच सैनिक घाइते भएका र अन्य ८ जना अफगान प्रहरी हराइरहेका छन् ।

तालिवानले ठूलो संख्यामा सैनिक सवारीसाधन, हातहतियार र विस्फोटक पदार्थ कब्जा गरेका छन् । यस हप्ता उत्तरी अफगानिस्तानका सुरक्षा अधिकारीमाथि तालिवानले गरेको यो दोस्रो आक्रमण हो । गत सोमबार मात्र फर्याब प्रान्तमा रहेको एक सैन्य शिविरमा भएको तालिवानी आक्रमणमा १७ अफगान सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका थिए । पाँच सैनिकलाई तालिवानले कब्जासमेत गरेका थिए ।

यसैबीच, अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जानकारी दिएको छ । अमेरिकी सैन्य बलका ३६ वर्षीय एक कर्मचारीको आइतबार भएको विस्फोटमा मृत्यु भएको हो । अमेरिकी सेनाले यस विषयमा अनुसन्धान जारी रहेको जनाएको छ । तालिवानविरुद्धको लडाइँमा अफगान सुरक्षा फौज अग्र मोर्चामा रहे पनि अमेरिकी सेनाले अफगान सैनिकलाई सल्लाह र तालिम दिइरहेको छ ।

यता स्वास्थ्य मन्त्रालयले भने ४८ जनाको मृत्यु भएको बताइए पनि त्यसलाई सच्याउँदै ३४ जनाको मात्र मृत्यु भएको बताएको छ । बम विष्फोट भएको स्थानवाट मृतकहरुलाई अस्पताल लग्दै गर्दा कुनै शव दुई पटक गणना भएको हुँदा संख्या बढेको मन्त्रालयले बताएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार