भारतका पूर्वप्रधानमन्त्री अटल विहारी वाजपेयीको निधन

भारतका पूर्वप्रधानमन्त्री अटल विहारी वाजपेयीको निधन


नया प्रबाह
2.6k
Shares

एजेन्सी । भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको निधन भएको छ । ९३ बर्षीय वाजपेयीको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वाजपेयीलाई श्रद्धाञ्जली दिन अस्पतालमा भिड लागेको छ । लामो समयदेखि बिरामी रहेका वाजपेयी उपचारका लागी नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा भर्ना भएका थिए ।

किड्नीमा संक्रमण र अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री भए ।

सन् १९९६ मा १३ दिन, १९९८ देखि १९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री रहेका वाजपेयी कवि र समावेशी राजनीतिका पर्याय पनि हुन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गर्दै अटल जीको निधनबाट आफु निःशब्द रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार