अनौठो घटना : संसद्मा कपडा खोलेर प्रदर्शन

काठमाडौँ । संसद्को कारवाही चलिरहँदा बेलायतको सांसदमा अर्ध–नग्न प्रदर्शनकारीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले सोमबार हाउस अफ कमन (तल्लो सदन) सदन अवरुद्ध गर्ने प्रयास गरे ।

प्रदर्शनकारीहरुले सर्वसाधरण ग्यालरीको सिसाबाट २० मिनेटसम्म तल च्याम्बरमा आफ्नो नितम्ब देखाएका थिए । माथि ग्यालरीमा अहिंसात्मक प्रदर्शन चलिरहँदा तल च्याम्बरमा सांसदहरुले भने वहस जारी राख्ने प्रयास गरेका थिए । ‘एक्जिस्टेन्सियल रिवेलियन’ नामको समूहका ११ अभियानकर्मीहरुले उक्त विरोध प्रर्दशन गरेका थिए ।

प्रदर्शनकारीहरुले आफ्नो छातिमा ‘सबैको लागि जीवन’ र ‘एसओएस’ जस्ता नाराहरु लेखेका थिए । समुहले जलवायु परिवर्तन मुद्धा ब्रेक्जिट वहसमा प्रमुखजस्तै मुद्धा हुनुपर्ने भए पनि हालसम्म छलफलमै नआएको भनेको छ ।

प्रदर्शनकारीहरु ग्यालरीबाट हट्ने तरखर नगरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले सर्वसाधारण ग्यालरी खाली गर्न भन्दा पनि विरोध जारी राखिएपछि एक एक गरेर प्रदर्शनकारीहरुलाई बाहिर निकालेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार