पत्नीको विवाह प्रेमीसँग, उपहारमा छोरा

सात फेरा लगाएर भित्र्याएकी पत्नीलाई अर्कै पुरुषसँग विदाई गर्नुपर्ने अवस्था कसैको जीवनमा सायदै आउँला । तर, भारतको बिहारमा एक पुरुषको जीवनमा यस्तो स्थिती सिर्जना भएको छ ।

बिहारको भागलपुर जिल्लास्थित खिरीबाँध पञ्चायतको सालेपुर गाउँका राम (नाम परिवर्तन)ले आफ्नी पत्नीको विहे उनका प्रेमीसँग गरिदिएका छन् भने उपहारमा अढाई वर्षीय छोरा दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो घटनाको अहिले बिहारभर चर्चा छ ।

राम सालेपुर गाउँमा पत्नीसँग फ्ल्याट भाँडामा लिएर बस्दै आएका थिए । स्थायी ठेगाना काजबलीचक भएका रामले गोड्डा जिल्लाकी पत्नी राधा (नाम परिवर्तन)सँग ४ वर्षअघि विहे गरेका थिए । विहेपछि उनी रोजगारका सिलसिलामा सालेपुर सरेका थिए ।

उनको छोरा पनि अढाई वर्षको भइसकेको थियो । यो बीचमा एउटा मुद्दामा उनलाई प्रहरीले पक्राउ गर्यो । जेल जानुपर्यो । उनी जेल गएको समयमा पत्नीको हिमचिम घरबेटीका छोरा मोनूसँग बढ्यो । शारीरिक सम्बन्ध भयो, उनीहरु गहिरो प्रेममा परे ।

जब राम जेलबाट छुटे तब उनकी पत्नी मौनूविना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेकी थिइन । पत्नीको घरबेटीका छोरासँग प्रेममा रहेको थाहा पाएपछि रामले अनपेक्षित निर्णय लिए । ग्राम पञ्चायत भवनमा सरपञ्च पवनकुमार साहसहित विशिष्ट व्यक्तिको उपस्थितीमा पत्नीको विहे प्रेमीसँग गरिदिए । आफ्नो अढाई वर्षीय छोरा पनि पत्नी र उनको प्रेमीलाई उपहार दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार