बस दुर्घटनामा परि १२ भारतीयसहित १७ जनाको मृत्यू

युएईमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । ३१ यात्रु बोकेर ओमानबाट दुबई आउदै गरेको बस बिहिबार साँझ ५:४० बजे दुर्घटना भएको खलिज टाइम्सले जनाएको छ।

दुर्घटनामा १२ भारतीयसहित १७ जनाको ज्यान गएको खलिज टाइम्समा उल्लेख छ । बस दुबईको शेख मोहम्मद बिन जाएद सडकमा अनियन्त्रित भएर साईबोर्डमा ठोकिन पुगेको थियो ।

बसमा इदको छुट्टी मनाएर ओमानबाट दुबई फर्किनेहरू रहेको जनाइएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले घटनामा भारतीयको ज्यान गएको पुष्टी गरेका छन् । दुबईस्थित भारतीय दूतावासले घटनामा मरेका परिवारलाई सम्पर्कमा लिएको छ ।

घटना लगत्तै स्थानीय सरकारले बस कम्पनीलाई प्रतिबन्द लगाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार