नौकुण्ड गाउँपालिका र ग्लोबल आईएमई बैंक बीच सहुलियत कर्जा सम्बन्धी सम्झौता

नौकुण्ड गाउँपालिका र ग्लोबल आईएमई बैंक बीच सहुलियत कर्जा सम्बन्धी सम्झौता


नया प्रबाह
3.9k
Shares

रसुवा। जिल्लाको नौकुण्ड गाउँपालिकाले सहुलियत पुर्ण कर्जा प्रवाह गर्न ग्लोबल आईएमई बैंक नौकुण्ड शाखासंग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। पालिकाले आफ्नो रोहवरमा सहुलियत पुर्ण कर्जा दिलाउन ग्लोबल आईएमई बैंक, शाखा कार्यलयसंग सम्झौता गरेको उपाध्यक्ष सिर्जना लामाले जनाएको छ। पालिका अध्यक्ष नुर्बु साङ्बो घले र बैंकका शाखा प्रमुख रमेश पनेरुद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
नागरिकको आर्थिक तथा समाजिक अवस्थालाई मध्यनजर गरि विभिन्न खाले उद्धमी, साना ब्यबसाय गर्न चाहनेहरुका लागि पालिकाले आवश्यक कर्याविधि बनाई नेपाल राष्ट्र बैंकको नियम अनुसार सहुलियत कर्जा कर्याविधि २०७५ तथा पहिलो संशोधन २०७६ को अधीनमा रहि कर्जा उपलब्ध गराउन सक्ने छन्।सरकारले युवालाई स्वदेशमा नै स्वरोजगार बनाउन बिनाधितो सहुलियत कर्जा दिने व्यवस्था गरे अनुरुप सहुलियत कर्जा नीति अन्तर्गत सम्झौता भएको उपाध्यक्ष लामाले बताए।
सरकारले सात प्रकारका कर्जाका लागि अुनदान व्यवस्था गरिए पनि व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाभन्दा अरु शीर्षकमा कर्जा अपेक्षाकृतरूपमा प्रवाह हुन सकेको छैन।कृषि तथा व्यवसायी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा र विदेशबाट फर्केका युवा परियोजना कर्जा दिने व्यवस्था छ। यस्तै महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्प पीडितको निजी आवास निर्माण कर्जा दिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार