रसुवामा निषेधाज्ञा खुकुलो, मापदण्डको पालना गरेर सवारी साधन संचालन गर्न पाइने

रसुवामा निषेधाज्ञा खुकुलो, मापदण्डको पालना गरेर सवारी साधन संचालन गर्न पाइने


नया प्रबाह
3.1k
Shares

रसुवा । स्थानीय प्रशासनले जिल्लामा जारी निषेधाज्ञा खुकुलो बनाएको छ । आज एक आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले आंशिक निषेधाज्ञालाई निरन्तरता दिंदै अत्यावश्यक सेवा खुला गर्ने जानकारी दिएका हुन् ।
जारी आदेशमा स्वास्थ्य मापदण्डको पालना गरेर अत्यावश्यक सेवा संचालन गर्न दिने उल्लेख छ । साथै अत्यावश्यक कामबाहेक घर बाहिर हिडडुल नगर्न तथा गर्नै परेमा सरकारले तोकेको कोभिड-१९ नियन्त्रणका मापदण्डहरूको पूर्ण पालना गर्न पनि आदेशमा भनिएको छ ।
जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सिफारिस बमोजिम असार मसान्तसम्म जिल्लाभर लागू हुने गरि आंशिक निषेधाज्ञालाई निरन्तरता दिने प्रशासन कार्यालयले जनाएको छ । तर, कोभिड संक्रमण बढ्न गएको अवस्थामा भने निर्णयको पुनरावलोकन हुन् सक्ने बताइएको छ ।
स्वास्थ्य मापदण्डको पालना गरेर जिल्लाभित्र सार्वजानिक तथा निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले नयाँप्रवाहलाई बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार