संविधान सभा सदस्य ढकाल, र विघटित प्रतिनिधि सभा सदस्य आचार्यद्वारा विद्यालयलाई सहयोग

संविधान सभा सदस्य ढकाल, र विघटित प्रतिनिधि सभा सदस्य आचार्यद्वारा विद्यालयलाई सहयोग


नया प्रबाह
5k
Shares

रसुवा । नेकपा एमाले जिल्ला पार्टी सचिव एवम् संविधान सभा सदस्य जनार्दन ढकाल र विघटित प्रतिनिधि सभा सदस्य मोहन आचार्यद्वारा नमूना विद्यालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

जिल्लाको उत्तरगया गाउँपालिका, ५ मा अवस्थित श्री नीलकण्ठ माध्यमिक विध्यलायलाई नमूना विद्यालयका रुपमा विस्तार गर्ने प्रक्रियामा छ । विद्यालय निर्माणका लागि विद्यालयको स्वामित्वमा पर्याप्त जग्गा नभएकोले आवश्यक जग्गा खरिदका लागि आर्थिक संकलन अभियान संचालन मार्फत सदस्य ढकालद्वारा रू, ५ लाख, ५५ हजार ५ सय ५५ रुपैयाँ, र आचार्यद्वारा रू, ५ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

 

विद्यालयले उक्त सहयोग रकम प्राप्त भएको रसिद सामाजिक संजाल फेसबूक मार्फत जानकारी गराएको छ ।

 

उद्धारक स्वभावका ढकाल र आचार्य दुवैजनाले, विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै, रसुवाको समग्र विकास र शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि आफु सधै तल्लीन रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार