रसुवा । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोध गर्दै अखिल क्रान्तिकारी रसुवाले विरोध प्रदर्शन गरेको छ ।
सरकारले हालै इन्धनमा गरेको मुल्यवृद्धिको विरोधमा आज (शुक्रबार) अखिल क्रान्तिकारी रसुवाले जिल्लाको कालिकास्थान बजारमा सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेको हो । साथै, क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असवैधानिक कू भन्दै खारेज गर्न माग गरिएको छ ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै देशभर विभिन्न विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गर्ने क्रममा क्रान्तीकारले प्रदर्शन गरेका हुन् ।
गत असार २२ गते आयल निगमले सूचना जारी गर्दै प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको थियो । डिजेल/मटितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुर्याएका थिए । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको थिए ।













