उधोग ब्यापार सहकार्य महासंघ राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी सघंको नयाँ नेतृत्व, अध्यक्षमा दाहाल

उधोग ब्यापार सहकार्य महासंघ राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी सघंको नयाँ नेतृत्व, अध्यक्षमा दाहाल


नया प्रबाह
1.6k
Shares

काठमाडौ । उधोग ब्यापार सहकार्य महासंघ राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी सघंको केन्द्रीय भेला सम्पन्न। गत आइतबार ( भदौ १३ गते ) काठमाडौमा सम्पन्न भएको उक्त भेलाद्वारा नयाँ कार्यसमिति समेत चयन गरिएको जनाएका छन् ।

नयाँ नेतृत्वका अध्यक्षमा लिला बहादुर दाहाल, प्रथम उपाध्यक्षमा सुजन गिरी र क्रमशः उपाध्यक्ष, सुनिता, अर्का उपाध्यक्षमा बासु नापित, महासचिवमा लक्ष्मण घिमिरे, सचिवमा नमराज लामिछाने (रसुवा) लगायत ९ जनाको कार्यसमिति निर्माण गरेको जनाएको छ ।

त्यसैगरी भेलाले १०१ सदस्यीय केन्द्रीय समिति समेत चयन भएको समितिका सचिव समेत रहनु भएका नमराज लामिछानेले नयाँ प्रवाहलाई बताए ।

भेलाका प्रमुख अतिथिमा नेकपा ( माओवादी केन्द्र ) का स्थायी समिति सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी ईन्चार्ज लीलामणि पोखरेल रहनु भएको थियो ।

विशेष अतिथिहरुमा, फ्याक्सन ईन्चार्ज गगां कार्की, उपत्यका विशेष प्रदेश कमिटी सह-ईन्चार्ज केसब नेपाल, उद्योग ब्यावसायी विशेष जील्ला समितिका अध्यक्ष कमल सापकोटा, उद्योग ब्यापार सहकार्य महासंघ अध्यक्ष श्रीवल्लभ नेपाल लगायतको व्यक्तित्वहरुको बाक्लो सहभागीमा भेला सम्पन्न भएको जनाएको छ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार