एन्फालाई बागमती प्रदेशको १ करोड

एन्फालाई बागमती प्रदेशको १ करोड


नया प्रबाह
3.8k
Shares

काठमाडौं । बागमती प्रदेश खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई १ करोड रुपैयाँ दिने भएको छ ।

सहिद स्मारक ए डिभिजन लिग र प्रदेश लिग आयोजनाका लागि बागमतीले एन्फालाई १ करोड दिने भएको हो । एन्फाले शुक्रबार बागमती प्रदेशसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार ए लिगको हरेक खेलमा जित हासिल गर्ने टिमलाई म्याच मनि स्वरूप ५० हजार प्रदान गरिनेछ ।

खेल बराबरी भएका आधा आधा बाडिने छ । त्यस्तै लिगको उदयमान खेलाडीलाई १ लाख प्रदान गरिनेछ । ए डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ । एन्फाले बागमती प्रदेश लिगका लागि पनि परिषदले ५० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार