रसुवा। नेपाल कमुनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटि रसुवाले औपाचारिक रुपमा शनिबार सपथग्रहण गरेका छन्।
शनिवार (आज) जिल्लाको कालिका गाउँपालिका स्थित, कालिकास्थानमा पहिलो बैठकमा एकिकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य सावित्रा भुषालले पार्टीका जिल्ला सदस्यहरुलाई सपथग्रहण गराईकी हुन्।
वैठक जिल्ला पार्टी अध्यक्ष विष्णुप्रसाद देवकोटाको अध्यक्षतामा केन्द्रीय सदस्य भुसालको प्रमुख आथित्यमा भएको एकीकृत समाजवादीका नेता निर्वाण शर्माले बताएको छ।
वैठकमा लगभग ४० जना जिल्ला सदस्यहरुको उपस्थित रहेको जनाएको छ । भने, बाकी ११ सदस्य पछि थप गर्ने गरि संगठन विस्तार भएको पनि स्रोतले बताएको छ ।
तत्कालीन नेकपा एमालेबाट विभाजित भई बनेका एकीकृत समाजवादीले देशब्यापी रुपमा पार्टीको संगठन निर्माण, सपथग्रहण एवम् पार्टी कार्यालय स्थापना तथा सम्पर्क कार्यालयहरू बनाउने कार्यलाई तिब्रता दिएको छ। सोहि क्रममा, गत शुक्रवार केन्द्रीय कार्यालयको समेत उट्घाटन गरेको छ।
(फोटो फिचर)














