५ असोज, काठमाडौ । सरकारले विदेशस्थित नियोगमा यसअघिको केपी ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्ती गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
आज बेलुकाको क्याबिनेट बैठकले राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । निर्णयमा राजदूत बनेका परराष्ट्र मन्त्रालयका सहसचिवहरुलाई भने यथावत राख्ने भनिएको छ ।
जसअनुसार अमेरिकाका लागि राजदूत बनेका पुर्व अर्थमन्त्री समेत रहेका युवराज खतिवडा, पुर्व पराराष्ट्रमन्त्री समेत रहेका चीनका लागि महेन्द्रबहादुर पाण्डे, भारतका लागि नीलाम्बर आचार्य, बेलायतका लागि लोकदर्शन रेग्मी एकैसाथ फिर्ता हुनेभएका छन् ।
फिर्ता बोलाइएका अन्य राजदूतमा अन्जान शाक्य इजरायल, शर्मिला पराजुली ढकाल ओमान, नारद भारद्वाज कतार, उदयराज पाण्डे मलेसिया, वंशीधर मिश्र बंगलादेश पनि रहेको छ।













