लिग चरणको अन्तिम खेलमा एपीएफ र डाईमन बिजय

लिग चरणको अन्तिम खेलमा एपीएफ र डाईमन बिजय


नया प्रबाह
5.4k
Shares

काठमाडौ । काठमाडौमा जारी ६औं एनभीए क्लब भलिबल च्याम्पियनसिप प्रतियोगितामा महिला तर्फ बिहिबार भएको लिग चरणको अन्तिम खेलमा एपीएफ  र न्यु डाईमन बिजय भयका छन । त्रिपुरेश्वर स्थित कबर्ड हलमा बुधबार बिहान भएको पहिलो खेलमा एपीएफले नेपाल पुलिस क्लब लाई ३- १को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट एपीएफले २५- १४ले जितेको थियो, भने दोस्रो सेट पुलिस ले २१-२५ले जित्न सफल भएको  थियो ।

त्यसपछि भएको तेस्रो र चौथो सेट एपीएफले २५ -१७ ,२५ – १७ले नै जित्न सफल भएको थियो।

यस खेल पश्चात् पाेल “ए” बाट एपीएफ बिजेता र पुलिस उपबिजेता बन्दै सेमिफाइनलमा प्रबेश गरेका छ । भने, बिहीबार नै भएको  दोस्रो खेलमा न्यु डाईमन क्लबले नेपाल आर्मीलाई २७-२५, २५-२२ र २५ -२३को सोझो सेटमा पराजित गरेको छ ।

खेलमा निकै उकृष्ट प्रर्दशन गरेकाे नेपाल अार्मि काे डिफेन्स लाईन निकै कमजोर देखियको थियो ।

आफ्नो  खेलाडिले सोचेको भन्दा राम्रो प्रर्दशन गरेको  भए त पनि डिफेन्स लाईन कमजोर हुदाँ र प्राप्त अवसरहरुको  सदुपयोग गर्न नसक्दा हार ब्योहोरेको आर्मीका प्रशिक्षक भरत भण्डारीले नयाँ प्रवाहलाई बताए ।

हार पछि पनि उपविजेता बन्दै अार्मि न्यु डाईमन सँग सेमि फाईनल मा प्रबेश गरेकाे छ । पाेल “बि” बाट डाईमन बिजेता र अार्मि उपबिजेता बनेकाे छ । अब सेमि फाईनल मा एपीएफले आर्मीको सामना गर्नेछ, भने न्यु-डाईमनले पुलिसको सामना गर्ने छ ।

कुल ६ टिम सहभागी रहेको उक्त प्रतियाेगितामा ढाेरपाटन क्लब र एभरेष्ट क्लब बुटवल समूह चरण बाटै बाहिरिएका छन् । अब सेमिफाईनलका खेलहरू बाकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार