काठमाडौ। कहिले काहीँ राम्राे खेलेर मात्र हुदैन। भाग्यले पनि साथ दिनु पर्छ। काठमाडौमा जारी ६औं एनभीए क्लब भलिब च्याम्पियनसिपमा आर्मीकाे लागि त्यहि कुरा साबित भएको छ ।
शुक्रबा बिहान भएकाे पहिलाे सेमिफाइनल खेलमा भाग्यले साथ नदिदा आर्मी पुन: एकपटक सेमिफाइनलबाट नै बाहिरिएको छ ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद काे कबर्ड हलमा भएको खेलमा आर्मी-एपिएफसँग ३- २ काे सेटमा पराजित भयकाे छ । निकै राेमाञ्चक खेलकाे पहिलाे सेट एपिएफले २७-२५ ले जितेकाे थियाे भने दाेस्राे सेट अार्मिले २१-२५ ले अाफ्नाे पक्षमा पार्न सफल भएको थियाे ।
तेस्राे सेट पुन: एपिएफले २५- २३ ले जितेकाे थियाे । भने,चाैथाे सेटमा आर्मीले सुरूदेखि नै ६ प्वाइन्टकाे अग्रता लिएकाे थियाे । एक समयमा अार्मि १२- ६ ले अगाडि रहेकाे थियाे ।
साेहि प्वाइन्टलाई जाेगाउन नसक्दा सेटकाे मध्यक्रमा अाईपुग्दा अार्मि १८-२२ ले पछि परेकाे थियाे ।तर, सेटकाे अन्त तिर उकृष्ट पुनरागमन गरेकाे आर्मी २४- २३ काे अग्रता बनाउन सफल भएकाे थियाे ।
र, अन्तिम समय मा पाएकाे अवसरलाई सदुपयोग गर्न नसक्दा एपिएफले लगातार ३ अंक जाेड्दै २६- २४ ले चाैथाै सेट अाफ्नाे पक्षमा पारेकाे छ । ५ अाै सेट एपिएफले १५- १३ ले अाफ्नाे पक्षमा पार्दै खेल ३- २ ले जित्न सफल भएकाे थियाे ।
याे जितसँग एपिएफ पुन: एकपटक फाईनलमा प्रबेश गरेकाे छ । अब एपिएफले न्यु डाईमण्ड र पुलिसबीचकाे बिजेतासँग शनिबार फाईनलकाे लागि प्रतिस्पर्धा गर्ने छ ।
र, आर्मीले साेहि खेलकाे उपविजेतासँग शनिबार नै तेस्राे स्थान काे लागि प्रतिस्पर्धा गर्ने छ ।













