रसुवागढीको आइपीयोमा मागअनुसारको आवेदन नपरेपछि समय थपियो।

रसुवागढीको आइपीयोमा मागअनुसारको आवेदन नपरेपछि समय थपियो।


नया प्रबाह
3.2k
Shares


रसुवा : रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १३ गतेदेखि निष्कासन गरेको आइपीयोमा मागअनुसारको आवेदन नपरेपछि समय थप गरिएको छ।

 

कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आइपीयो निष्कासन गरेको थियो। सो अवधिमा मागअनुसारको आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गर्न सकिने व्यवस्था थियो।

 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको छ।

 

कम्पनीकाअनुसार सोमबार साँझसम्म ११ हजार ७४१ आवदेकले २३ लाख ३ हजार ८६० कित्ताको लागि आवेदन दिएका छन्। आवदेकबाट २३ करोड ३ लाख ८६ हजार रुपैयाँ संकलन भएको छ। आइपियोमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ।

कम्पनीकाअनुसार सोमबार साँझसम्म ११ हजार ७४१ आवदेकले २३ लाख ३ हजार ८६० कित्ताको लागि आवेदन दिएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार