मन्त्रालयमा तालाबन्दी, मन्त्रीलाई ‘जनकारवाही’को चेतावनी

मन्त्रालयमा तालाबन्दी, मन्त्रीलाई ‘जनकारवाही’को चेतावनी


नया प्रबाह
1.1k
Shares

जनकपुर । मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै जनमत पार्टीले तालाबन्दी गरेको छ । बुधबार जनमत पार्टीको नेतृत्वमा ‘किसान आन्दोलन’ अन्तर्गत जनकपुरधाममा प्रदर्शन गर्दै कार्यकर्ताहरुले कृषि मन्त्रालयमा तालाबन्दी गरेका हुन् ।
मन्त्रीहरुलाई जनकारवाही गर्ने भन्दै मन्त्रालयमा पुगेका सो पार्टीका कार्यकर्ताहरु मन्त्री नभेटिएपछि तालाबन्दी गरेर फर्किएका हुन् ।
किसानका योजनाहरुमा व्यापक भ्रष्टाचार भएको, कृषकहरुलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै जनकारवाहीका लागि किसानहरु मन्त्रालयमा पुगेको जनमत पार्टीका धनुषा जिल्ला इन्चार्ज बीपी साहले जानकारी दिए ।
उनले भने, ‘मन्त्रालयमा भएको भ्रष्टाचारमाथि छानबिन हुनुपर्ने, किसानको रकम भुक्तानी हुनुपर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनु पर्ने हाम्रो माग हो ।’
जनमतका कार्यकर्ताहरुले किसान आन्दोलन अन्तर्गत धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार